– प्रा. डा. नृसिहकुमार खत्री

निर्वाचन वा चुनाव भनेको जनताले आपनो प्रतिनिधि रोजेर छान्ने, चुन्ने अवसरपनि हो जहाँ उसले रोजको प्रतिनिधिले विचारको प्रतिनिधत्व गर्दछ । नीतिको प्रतिनिधित्व गर्दछ, विधिको पालना गर्ने जिम्मेवारी ग्रहण गर्दछ ।

त्यतिमात्र नभएर उसलाई धेरै मतदाताले रोजेको भन्ने प्रमाणित भएपछि उसलाई निर्वाचन आयोगलेपनि तोकेको ढाँचामा कसश सफत ख्वाउदछ। त्यसरी चुनावबाट धेरै राम्रा, भला खाले जन प्रतिनिधिरु रोजिछन छानिन्छन ।

विचार राख्ने मतदाताले छान्ने प्रतिनिधि जो उठाइएको छ उसले विचार वोक्नै सक्दैन सो विचारको वमोजिम आचरण गर्नै सक्दैन भन्ने मतदातालाई लाग्दछ भने उसले भोट दिदैनन, दिन हुदैन वरु सो दिन उपस्थित नभएर आपनो गृह कार्य गर्न सकिन्छ । जसरी गृहनीति असल सुव्यवस्थित भएपछि घर सुधार हुन्छ त्यसरीनै राजनीतिको व्यहार पक्ष असल भएपछि राज्यको व्यवस्थामा आमसुधार आउदछ यसमा सवैको सहमति हुन्छ ।

हामीेले चाहे अनुसारको जन प्रतिनिधि ता नभेटीएला, तर पनि अहिलेकोलागि सविधान मान्ने, सघीयता, समावेशिता लोकतन्त्र गणतन्त्र विधिको शासन पालना गर्ने, शान्ति, रोजगारी तथा विकासलाई मूल एजेण्डा वनाएर आपनो गाँउ नगर तहमा शिक्षा स्वास्थ्य, रोजगारीका विकास निर्माणका कामह्रु गर्ने खालको शिक्षित र अनुशासित प्रतिनिधि भएकोमा त्यसले केही सफल काम गर्न सक्दछ । राजनीति भनको योग्यता, सुव्यवस्थापन, समहकार्य गर्ने गराउने क्षमता, र शीप तथा कलापनि हो ।

भित्रीरुपमा हेर्ने हो भने यो प्रतिस्पर्धा भद्रता र छुद्रता, सु सस्कृत र असभ्यता वा सास्कृतिक विहीनता, लामो विचार सोच र छोटो विचार सोच, युवापन र जेष्ठता, क्षमता वा असक्षमता, कार्य कुशलता वा अनभिज्ञताको बीचमा प्रतिस्पर्धा भएकाले पनि यो छान्ने अवसरनै हो ।

हामीले जन प्रतिनिधि सही छान्यौ भने सुल्टो वा गलत छान्यो उल्टो खालको ेपरिणाम आउदछ ।

अमेरिकामा डोनाल्ट ट्रम्पको सम्वोधनको भाषण ससदमा हाउस अफ रिप्रिजेण्टेटिभा वोले पछि त्यहाँको स्पिकरसग हात मिलाउन नचाहेको कुराले उनले पनि तत्कालनै त्यो भाषण च्याति दिएको घटना हामीले टिभीमा हेर्यौ , देख्यौ । यदी टम्पले राष्ट्रपति भवन छोडेनन भने कमाण्डो लगाएर उनलाई वाहर्गमन गराउन वाध्य पार्ने छौ भन्ने पूर्वराष्ट्रपति वाराकोवामाले भनेका पनि सुन्यौ ? के हाम्रा आम मतदाताहरुले यो हिम्मत गर्नु होला ?

हिजो विभिन्न अवस्थामा जटील असजिलो परिस्थितिमा रहेरपनि व्रत, निष्ठा, तपश्यामा जोगिएर बस्नेहरुलाई शासन चलाउन पठाउने हो कि ? लापरवाही, हेलचेयाईृ, दलाली, लहडवाजी, ठट्टा र हाहा होहो को आत्मरतिमा देशको शासन सत्तालाई ओराल्ने र वराल्नेहरुलाई रोज्न छान्ने भन्ने सवाल पनि अहिलेको यो निर्वाचन हो । यसलाई आम सन्चार माध्यमले पनि उसको शुद्धता, महत्व गरीमालाई प्रचार प्रसार गर्न आबश्यक पनि देखिन्छ ।

हे यसले के देखाउदछ भने “भनाइमा डेमाकशी भने पनि गराइमा अटोकेशी वा मोवोकेशी भो भने त्यसले सही मार्ग दर्शन गर्दैन र सन्देशपनि दिदैन ।

आजको हाम्रो प्रतिस्पर्धा त्यसका लागिनै हो, पार्टीहरु सवै राम्रा छन सवै छैनन । तर पनि भित्र हेर्दा पार्टीमा पनि व्यक्ति भरपर्दा, विश्वासिला छन भने स्थानीय काम काज र विकास गर्नलाई व्यक्तिको व्यक्तित्वले पनि रोजाइलाई लोकप्रिय बनाउदछ । अनि त्यहाँ विराशतपनि हेरिन्छ, त्यसलाई के कस्तो मूल्य मान्यत ा बाट आएको हो ।

जनावर रोज्ने प्रतिस्पर्धामा वाँदर तथा गाई रोज्न भयो भने धेरै मानिसहरुले गाई रोज्दछन । तर चाइनिजले वाँदरपनि रोज्न सक्दछ । कारण उनीहरुकालागि सवै भन्दा बढी मीठो खाना र पाहुना आउदा वाँदरको मासु भन्ने खाने चलन रहेछ भनीन्छ । तर हामीहरुले भने गाई र माईलाई वरावरी मान्ने भन्ने पनि गरेको छौ ।

निर्वाचनमा पनि पार्टी, त्यसभित्र पनि व्यक्तिको असलपना र सक्षमता हेर्न आवश्यक हुन्छ । पन्चायत कालमा लावति जी, पशुपति शमसेर क्षमतावान थिए । हालमा पनि निर्वाचन चुनाव एमाले तथा काग्रेसको वीचमा हुने देखिन्छ ।

वर्तमानमा एलायन्सले एमाले भन्दा पनि ओली वाद र ओली प्रवृत्तिलाई मूल चुनौति ठानेको देखिन्छ जो जसले यो सविधान, यसका आधारमा भएको गठित ससद, अनि सरकारी निकायको पदहरुको आपनो पजनी, मोलाहिजा तथा गोजीको धन जस्तो गरी व्यवाहार गरेको देखियो भनिन्छ। जो जसले गर्दा आम नेपालीको शाख, मान, इज्जत गिर्यो । भ्रष्टाचार पनि त्यसरीनै वढायो भनिन्छ ।

तुलनामा एलायन्श भित्र पनि केही व्यक्ति हेर्दा केही नरम, उग्र, अल्छी, अवसरवादी सवै खालको प्रवृत्तिको भएपनि यसमा इतिहास भएको जिम्मेवार त नेपाली काग्रसनै हो भन्ने पनि देखिन्छ । फेरी त्यसको पार्टीको सगठनात्मक जिम्मेवारीमा युवाहरुको पकड त छ र तर यो अध्यक्षात्मक परम्पराबाट चलेको हुनाले वर्तमान सभापतिले यसको जे निर्णय गरेका छन, त्यसले मान्यता पाउने देखिन्छ ।

त्यसमा हेर्दा वर्तमान सभापतिले हाल गठवन्धनको उम्मेदवारको विरुद्धमा वागीलाई फिर्तालिन, अथवा दवाव दिन, गठवन्धका उम्मेदवार जिताउनलाई सकेसम्म प्रयास त गर्नु भएका देखिन्छ तर उहाँहरुको गृह जिल्लामानै गठवन्धनको विरोध भई त्यहाँ काग्रेसिहरुले नै एमालेसग गठवन्धन गरेका छन । प्रचण्डजीले चितवन र शेरबहादुर जीले डडेलधुरामा अहिले नै यो समस्याको समाधान खोज्नु, रोज्नु र काम गर्नु पर्दछ । नत्र झिल्कोले मुढो मुढोले वन डढेलो लगाउदछ ।

झापामा गठवन्धनको विरोधमा एमाले तथा राप्रपा मिल्न सकेका छैनन तर चितवनमा एमाले र राप्रपा मिलेको जस्तो पाइएको छ । यसले एमाले गणतन्त्र चलाउने होइन कि राजतन्त्र पनि फिराउन चाहान्छ कि भन्ने पनि देखिन्छ ? काठमाण्डौमा प्रकाश मान जीले काग्रेसको पार्टीको निर्वाचनमा गरेको हितको प्रतिफल परिवारमा श्री मति जीलाई उम्मेदवारी दिलाएका पाएका छन भनिन्छ ।

यसले के यो सविधान यी नेताह्रुको यो यस्तै प्रयासले जोगिएर जान्छ ? भन्ने प्रश्न उठाएकोे छ । विराटनगरमा पार्टीको चुनावमानै कोइराला र उनका परिवारले भोट नदिएकाले गुरुराज जस्ता गणतन्त्रवादी युवाहरु स्थानीय तहमानै हार खाएर निराश हुन पर्यौ भने आज तिनै नेताहरु योग्य तथा होनाहार युवाहरुलाई आश देखाउदै निराश पार्दैेको परिस्थिति देशमा विद्यामान छ भने त्यसले के यो सविधान, यसको मर्म तथा भावना वमोजिमको शासन व्यवस्थाले आपनो सरचना, प्रणालीको विकास गराउला भन्ने प्रश्न उठाइरहेको देखिन्छ । वी पी ले भविष्य भएको होनाहार लाइ कहिलेपनि निारशा गराएका थिएनन भन्ने पाइन्छ ।

तर पनि निर्वाचननै लोकतन्त्रको यस्तो मापन गर्ने माध्यम हो जो जसमा आम मतदातले निष्पक्ष, स्वतन्त्र निर्भिक भएर आपनो चाहेका जन प्रतिनिधि रोज्न छान्न र पठाउन पर्दछ । त्यसरी रोजेको जन प्रतिनिधिले पनि तोकिएको अवधी भरी पुरा निष्टाका साथ काम गर्नु पर्दछ, गरेको काम पछि अर्को आउनेलाई यीनैले आपनो जिम्मेवारी सार्ने काम गर्नु पर्दछ । सो गर्न गराउन हामी उम्मेदवार, त्यसमा माउ दल, मतदाता, सवै विवेकशील, विधिसम्मत तरिकाले चल्ने काम गर्ने, मानसिकतमा लागेका रहेको हुन आवश्यक छ तवमात्र यो सवधिानको पालना र सफल कार्यान्वयन सम्मभ देखिन्छ ।

By Admin

Leave a Reply

Your email address will not be published.